दफा ४
मिति नपुगेको ठेक्का नेपाल सरकारमा सर्ने
अघि बिर्तावाल तर्फबाट बन्दोवस्त भएको ठेक्काको अन्तिम मिति यो ऐनको प्रारम्भ मितिसम्म भुक्तान भइसकेको रहेनछ भने त्यस्तो ठेक्का जति नेपाल सरकारमा सर्नेछ ।
तर सो ठेक्का रीत पूर्वकको नदेखिएमा वा प्रमाणित नभएमा वा ३ वर्ष भन्दा बढी समयको अवधि तोकिएको मान्य हुने छैन ।